गाडीमा जलेर कतारमा एक झापालीको मृत्यु




१ चैत, दमक।
सडक दुर्घटनामा परी झापा शिवसताक्षी नगरपालिकाका एक युवाको कतारमा मृत्यु भएको छ । शिवसताक्षी- ५ थेचम्बु घर भएका ३२ बर्षिय सन्तोष लिम्बुको गत शुक्रवार मृत्यु भएको हो । लिम्बु विगत ११ बर्षदेखि कतारस्थित मिराक कन्ट्रक्सनमा 'लाइट ड्राइभर' का रूपमा कार्यरत थिए । कतारस्थित आफ्ना सहकर्मीलाई हमाद विमानस्थलमा छाडेर फर्कने क्रममा उनीसहित तनहुँका हरिभक्त गैरेको गाडीभित्र जलेर मृत्यु भएको थियो ।


उनी हि नेपाल इन्टरनेशनलबाट कतार गएका परिवारजनले जनाएका छन् । दुई छोराका बुबासमेत रहेका उनको शव नेपाल ल्याइदिन श्रीमती शकुन्तलाले सवैसँग गुहार मागेकी छन् ।







Comments