ताप्लेजुङका अग्निपिडितका लागि विर्तामोडमा राहत संकलन गरिने



चैत १०, बिर्तामोड।
ताप्लेजुङको तोक्मेडाँडामा सोमवार राति भएको भीषण आगलागीका पीडितहरुका लागि झापा उद्योग वाणिज्य संघ बिर्तामोड शाखाले राहत संकलन गरी प्रदान गर्ने भएको छ ।
संघका अध्यक्ष बलराम कार्कीको अध्यक्षतामा मंगलवार बसेको बैठकले बिर्तामोड क्षेत्रका संघ-संस्थासँगको समन्वयमा व्यवसायी तथा अन्य क्षेत्रबाट राहत संकलन गर्ने निर्णय गरेको हो । राहत संकलनका लागि बुधवार बाणिज्य संघको टोली व्यानरसहित व्यवसायीका पसल तथा प्रतिष्ठानहरुमा पुग्ने जनाइएको छ ।



त्यसअघि वाणिज्य संघले माइकिङ गर्ने र दिउँसो १२ बजेदेखि राहत संकलन शुरु गरिने संघका उपाध्यक्ष कुमार भट्टराईले बताए । अग्नि पीडितहरुलाई राहत संकलन गरी प्रदान गर्नका लागि बाणिज्य संघको अगुवाइमा हुन लागेको अभियानलाई सहयोग पुर्‍याई मानवीय सेवा गर्नुहुन संघका अध्यक्ष कार्कीले सबैमा आग्रह गरेका छन् ।
संघका सचिव किरण श्रेष्ठ, सदस्यहरु रवीन्द्र भट्टराई, बाबुलाल अग्रवाल, कृष्ण उदास, घनश्याम चौधरी, सुनिता ओली, उर्मिला खरेल लगायतले व्यवसायी तथा अन्य क्षेत्रबाट मानवीय सेवाका लागि यथेष्ट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बाणिज्य संघले संघ-संस्थासँग समन्वयमा विभिन्न टोली बनाइ राहत संकलन गर्ने र ठूलो परिमाणमा राहत प्रदान गर्न इच्छुकहरुले बुधवार विहान १० बजेबाट संघको कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।



Comments