दमककी प्रतिक्षा मिस नेपाल कल्चरको अन्तिम २० मा, भोटको आग्रह



२८ फागुन, दमक।
झापा दमककी प्रतिक्षा श्रेष्ठ मिस नेपाल कल्चरको अन्तिम २० मा छनौट भएकी छिन् ।
योहा इन्टरनेशल प्राइभेट लिमिटेडले गरेको इभेन्टमा उनी छनौट भएकी हुन्। एसएमएस र फेसबुक पेजको लाइकमार्फत समेत भोट गर्न सकिने उनका बुबा याम श्रेष्ठले जानकारी दिए।
काठमाण्डौँमा ट्राभल एण्ड टुरिज्म पढ्दै गरेकी प्रतिक्षा बिजयी हुन सहयोग चाहिएको बताउँछिन् ।




दमकको इस्टर्न स्टार बोर्डिङमा माध्यामिक तह अध्ययन गरेकी उनलाई भोट गर्न ठुलो अक्षरमा एमएनसी स्पेश १८ टाइप गरी ३००१मा पठाउन सकिने उनकी आमा दमन्ता श्रेष्ठले जानकारी दिइन् । बिजयी भए पनि नेपालको पर्यटन बिकासका योगदान गर्ने इच्छा रहेको प्रतिक्षाले बताइन् ।
सो प्रतियोगीतामा कल्चरल शो रहने छ । अहिले बन्द प्रशिक्षण चलिरहेको छ । प्रतियोगीताको फाइनल चैत १४ गते काठमाण्डौँमा हुनेछ ।





Comments