रेखाको रङ्ग



मुम्बई ।
भारतको मुम्वईमा बसोबास गर्दै आएका नेपाली र नेपालीभाषी सांस्कृतिक प्रवर्द्वनमा जुटेका छन् । नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने तथा कलाकारहरुको अन्तरनिहीत क्षमतालाई प्रष्फुटन गर्ने उद्देश्यले नै एक सांस्कृतिक समारोहको आयोजना गरिएको छ। मुम्बईबासी नेपालीहरुले नेपालकी चर्चित कलाकार रेखा थापालाई निम्त्याएर सांस्कृतिक कार्यक्रम गरेका हुन् । नायिका थापाले मुम्बईमा बसोबास गर्ने प्रवासी नेपालीहरुसँग कम्मर मर्काउँदै नृत्य प्रस्तुत गरेकी छिन् । उनले हजारौं दर्शकसमक्ष सुखदुखको कुराकानी साटेकी थिइन् ।




जनचेतना सरोकार मञ्चले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपाली कलाकार रेखा थापा, पुष्कर भट्टलगायत एक दर्जनभन्दा धेरै कलाकारले प्रस्तुति दिएका थिए । कार्यक्रमका सहभागीले महिला हिंसाविरुद्ध एक भएर अघाडि बढ्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि माष्टर थापाले पनि नेपाली कला संस्कृतिको प्रवर्द्वनमा जोड दिएका थिए ।
संयोजक निरज कोइराला, मणि तामाङ, सञ्चारकर्मी विष्णुप्रसाद गौतमलगायतले प्रवासमा नेपाली कलाकारले दिएको प्रस्तुतिको महत्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै रेखाले अहमदाबाद, राजकोट, सुरत, बरौडालगायतका स्थानमा जान नपाएकोमा दुःख व्यक्त गरेकी छिन् ।




Comments