डाँगीहाटमा त्रिपिटक बाचन गरिने


१२ चैत, पथरी ।
मोरङको डागिहाट ५ स्थित लक्ष्मीमार्ग रहेको नमो बौद्ध गुम्वामा त्रिपिटक बाचन हुने भएको छ ।
यही चैत १५ गते आइतबारको दिनदेखि गुम्बामा खेम्पो निमा दोर्जे लामा र लोपेन छिरिङ शेर्पाको अगुवाईमा लामाहरुबाट बुद्ध धर्मको सबैभन्दा ठुलो ग्रन्थ त्रिपिटक बाचन गरिने भएको हो ।
त्यसका लागि नेपाल सरकारले बौद्ध धर्म प्रचार प्रसार गर्ने उद्देश्यले दुइ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने कार्यक्रमका आयोजक समितिले बताएको छ ।
आयोजकले बिहिबार गुम्बामा पत्रकार सम्मेलन गर्दै बिश्वशान्तिका लागि भगवान गौतम बुद्धका बाणीहरुलाई वाचन गरिने र त्यसको श्रवणका लागि आउने भिक्षु तथा बौद्ध धर्मलम्बीहरुलाई खाना बस्नको ब्यबस्था गरिने बताएको छ ।



नेपालमा अहिले एक हजार ९ सय ८० स्थानमा गुम्बाहरु दर्ता भएको, कैलाली, कञ्चनपुर र दार्चुला जिल्लामा गुम्बाहरु नभएको संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयअन्तर्गत बौद्धदर्शन प्रबर्द्धन तथा गुम्बा बिकास समितिको तथ्याङ्क रहेको छ ।
चैत्र १५ गते बन तथा भु संरक्षण मन्त्री महेश आचार्यले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


Comments