हंसे दुम्सेको बजेट पौने करोड



डिकेश लामा,
२५ फागुन, बेलडाँगी
झापाको दमकमा रहेको हंसे दुम्से सामुदायिक वनको २१ औं परिषद भेलाले साढे ७८ लाख रूपैयाँ बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७१/०७२ को अनुमानित बार्षिक नीति तथा कार्यक्रममा सो वजेट ल्याइएको हो ।
परिषद भेला कार्यक्रममा विश्वको अग्लो भगवान बुद्धको मूर्ति राख्ने कुराले पनि महत्व पाएको छ । कार्याक्रमका प्रमुख अतिथि युवराज दाहालले दमक नगर क्षेत्रभित्र बुद्धको मूर्ति स्थापना गर्न लागेको कुरा नगरबासीका लागि गौरवको कुरा भएको बताए । १ सय ८० फिटको मूर्ति स्थापनाका लागि सही स्थान छनौट गर्नु पर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । कार्यक्रममा बोल्दै दाहालले वातावरण संरक्षण र वन बाटिका निर्माणमा नगरले सहयोग गर्ने बताए ।


कार्यक्रममा वनले घोषणा गरेको साढे ७८ लाख रूपैयाँ बराबरको बार्षिक बजेट पास भने हुने सकेको छैन । आर्थिक बर्ष २०७१/०७२ मा गरिने अनुमानित नीति तथा कार्यक्रम अन्तर्गत आज २१औं परिषद भेलामा सचिव पदम सुव्बाले बार्षिक बजेट प्रस्तुत गरेको वनका कोषाध्यक्ष भोजकुमार भण्डारीले जानकारी दिए ।
कार्यक्रममा सामुदायिक वन महासंघ झापाका अध्यक्ष छत्र पौडेल, सहायक वन अधिकृत देवनारायण झा, रवि चिसापानी सडक निर्माण समितिका अध्यक्ष सुरेश सुव्बा, भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर सचिव सन्चहाङ्ग सुव्बा, स्थानीय अगुवा विजय बराल, परिषद सदस्यहरु लाखजित नेम्बाङ्ग, लता चापागाईं, चन्द्र गुरागाईं, अमर केसी, महेन्द्र सिंह निरौला लगायतले मन्तव्य राखेका थिए ।
वनका अध्यक्ष हिमालय प्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रमले बन्द सत्रमा बार्षिक बजेट पास गर्ने घोषणा गरे पनि बन्द सत्र भने हुन सकेन । बन्द सत्र भोलि पुनः बस्ने निर्णय भएको वन कार्यालयले जानकारी दिएको छ ।

(फोटो -फाइल)




Comments