आइडियल नेपालको चेतनामुलक कार्यक्रम



८ चैत, इटहरी ।
सुनसरीको इटहरीमा रहेको आइडियल नेपालले हालै स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले इटहरी उपमहानगरपालिका १६ स्थित एकम्बाको ग्रामिण बस्तीमा मौसम परिवर्तनसँगै देखापर्ने बिभिन्न प्रकारका रोगहरु र त्यसबाट बच्नको निमित्त अपनाइनु पर्ने सावधानीको विषयमा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाको कार्यतालीका अनुसार एकम्बामा शनिवार साँझसम्म स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रम गरिएको आइडिएल नेपालका अध्यक्ष तारा पूलामीले बताए ।



स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रमहरुसहित संस्थाले बिपन्न परिवारका ५० बढी सदस्यहरुलाई हात धुन प्रयोग गरिने साबुन समेत बितरण गरी हात धुने तरीका समेत सिकाएको थियो ।
आफ्नो गाउँमा पहिलोपटक भएको स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रसंसा गर्दै स्थानीय जनजाति नेता कन्तलाल चौधरीले यस्ता कार्यक्रमहरु प्रत्येक जिल्लाको ग्रामिण भेगहरुमा हुनुपर्नेमा जोड दिएका थिए । प्रत्येक वर्ष हजारौं मानिसले स्वास्थ्यसम्वन्धी चेतनाको अभावमा ज्यान गुमाइरहेको बेला संस्थाले पहिलोपटक गाउँमा ल्याएको सेवामुखी कार्यक्रमलाई सरकार पक्षले समेत साथ दिनुपर्नेमा नेता चौधरीले जोड दिएका थिए ।
कार्यक्रम सँगसँगै सुनसरीको इटहरी उपमहानगरपालिकास्थित एकम्बामा स्थानीय समाजसेवी जितेन्द्र चौधरीको अध्यक्षतामा पाँच जनाको टोलबिकास समिति समेत गठन गरिएको आइडिएल नेपाल इटहरीका अध्यक्ष पुलामीले बताए ।




Comments