सप्तकोशीको खेलकुद पुरस्कार



२ चैत, उर्लाबारी।
मोरङको उर्लाबारीस्थित सप्तकोशी उच्चमाविले आज एक कार्यक्रमका बीच वार्षिक खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।
कार्यक्रममा कोप्याब्स उर्लाबारीका अध्यक्ष सुवास राई, प्याव्सनका सदस्य विकास गुरुङ लगायतले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरे।
नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले दौड, चित्रकला, स्मरणशक्ति परीक्षण, तातो आलु सहितका खेलहरुको प्रतियोगिता गराइएको थियो ।


सो अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका छन् । १ सयजना विद्यार्थीको समूहले आकर्षक एरोविक नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा एसएलसीको तयारीमा रहेका विद्यार्थीहरुलाई सफलताको शुभकामना समेत दिइएको छ । विद्यालयले विद्यार्थीको सृजनशिलतासँगै विद्यालयको भौतिक विकासमा समेत जोड दिँदै भवनलाई व्यवस्थित बनाउँदै लगेको त्यसका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिए।




Comments