उदयपुरका पत्रकार भट्टराईको हत्या गरिएको अवस्थामा इटहरीमा शव फेला



तेज बन बिश्वासी
१५ चैत, इटहरी ।
लामो समयदेखि उदयपुर जिल्लालाई कर्मथलो बनाई पत्रकारिता गर्दै आइरहेका युवा पत्रकार सचिन भट्टराई इटहरीमा मृत अवस्थामा फेला परेका छन ।
अज्ञात समुहद्वारा हत्या गरी फालिएको अवस्थामा चैत १२ गते उनको शव इलाका प्रहरी कार्यालय इटहरीले इटहरीको आँपगाछीमा फेला पारेको थियो । शव भेटिएपनि पहिचान हुन नसकेको भन्दै शनाखत हुन सकेको थिएन । तर उदयपुरका पत्रकारहरुले भट्टराईको खोजीलाई ब्यापकता दिएपछि शव पत्रकार भट्टराईकै रहेको पुष्टि भएको थियो ।



१० चैतमा घरबाट निस्केका पत्रकार भट्टराई परिवारको सम्पर्कबाट बाहिर भएपछि उनको खोजी थालिएको थियो । भट्टराई गाईघाटबाट प्रकाशित हुँदै आएको बरुवा टाइम्स पत्रिकाका कार्यकारी सम्पादक र हिमालय टाइम्स दैनिकका जिल्ला समाचारदाता थिए ।
उनले सुनका गहना धितो राखेर सुन पसलबाट पैसा झिकेको र सोही पैसाका कारण हत्या भएको हुन सक्ने परिवारले आशंका गरेको छ ।





Comments