२३ फागुन, दमक।
हिमशिखर टेलिभिजनले आफ्नो स्थापनाको चौथो बर्ष पूरा गरेको अवसरमा झापाका एकजना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।
क्षेत्रीय स्तरमा सञ्चालन भइरहेको सो टेलिभिजनले देशव्यापी प्रशारण शुरू गरेसँगै पत्रकार मदन ढकाललाई "हिमशिखर पत्रकारिता पुरस्कार" सहित सम्मान गर्ने भएको हो ।
यही फागुन २५ गते हिमशिखर टेलिभिजनको राष्ट्रव्यापी प्रसारण शुभारम्भ समारोहमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष/संसदीय दलका नेता एवं झापा क्षेत्र नम्बर ७ का सभासद केपी शर्मा ओलीले पत्रकार ढकाललाई २१ हजार १ सय १ रुपैयाँ“ राशीको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने टेलिभिजनले जनाएको छ । पत्रकार ढकाल पूर्वाञ्चलमा रहेर विगत ४३ बर्षदेखि पत्रकारितामा कृयाशील छन् ।
झापा, मोरङ र सुनसरी जिल्लाका पत्रकार महासंघको सिफारिस र टेलिभिजन संचालक वोर्डको निर्णयवमोजिम सो पुरस्कार ढकाललाई दिइने निर्णय गरिएको टेलिभिजनका प्रवन्ध निर्देशक रामकुमार बस्नेतले जानकारी दिए ।
झापाको दमकमा केन्द्रीय कार्यालय रहेको हिमशिखर टेलिभिजनले २०६७ साल कात्तिक १९ गतेदेखि प्रसारण आरम्भ गरेको हो ।

Comments
Post a Comment