भतिजीलाई यौनधन्दामा लगाउने सानिमाविरूद्ध मुद्दा दर्ता




१५ चैत, दमक।
आफ्नै सानीमाले आफूलाई अवैध यौनधन्दामा लगाएको भन्दै एक युवतीले प्रहरीमा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय दमकले आरोपित विरुद्ध मानवबेचविखन सम्बन्धी मुद्दा लगाएको छ ।
भारतको जलपाइगुढी घर भएकी ती युवतीले उर्लाबारी घर भई हाल दमक-१३ मा डेरा बस्दै आएकी पूजा कार्कीविरुद्ध उजुरी गरेपछि प्रहरीले सो मुद्दा दर्ता गरी कार्कीमाथि अनुसन्धान सुरु गरेको हो ।



ती युवतीलाई बन्धक बनाएर यौन शोषण गरिरहेको भन्ने सूचनाका आधारमा एक गैरसरकारी संस्थाले उद्धार गरी सोधपुछ गर्दा आफन्तले नै त्यस्तो धन्दामा लगाएको बताएकी संस्थालाई उद्धृत गर्दै प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिए। सिलवालले आमाबाबुले जल्पाइगुढीबाट केही महिनाअघि दमक ल्याएर आफन्तको संरक्षणमा छोडेकी ती युवती के-कसरी त्यस्तो यौनधन्दामा लाग्न बाध्य भइन् भन्नेबारे थप अनुसन्धान भइरहेको बताए।



Comments