दमकको फौहोर व्यवस्थापनमा सम्झौता





१७ चैत, दमक।
दमक नगरको फोहोर व्यवस्थापन गर्न पहिलोपटक सार्वजनिक निजी साझेदारी अनुरुप सम्झौता भएको छ । नगरपालिकाले आगामी वैशाख १ गतेदेखि नै लागू हुने गरी फोहोर व्यवस्थापनको जिम्मा पाथवे नेपाल प्रालि जेभि इटहरीले पाएको हो । आज विहान दुवै संस्थाबीच आगामी पाँच बर्षसम्मका लागि दुईपक्षीय सम्झौता भएको कार्यकारी अधिकृत युवराज दाहालले बताए। सम्झौता पत्रमा पाथवेका अध्यक्ष सुवास बस्नेत, ग्रीन लिंककी अध्यक्ष निर्मला चौधरी र नगरपालिकाका कार्यकारी अधिकृत दाहालले हस्ताक्षार गरेका छन् ।




सम्झौता आदानप्रदान आयोजित कार्यक्रममा कार्यकारी अधिकृत दाहालले फोहोरमैलाको व्यवस्थापनको कार्यलाई अझ प्रभावकारी र निजी अवधारणा अनुसार अघि बढाउन काम थालिएको बताए। नगरपालिकाले बर्सेनी लगभग ८५ लाख रुपैयाँ खर्च गरी फोहोर व्यवस्थापन गर्दै आएको छ । अव निजी स्तरमा फोहोरमैलाको व्यवस्थापन गर्न यस अभियानले सघाउ पुर्‍याउने तथा हालको व्ययभारमा केही कमी आउने उनले जानकारी दिए।
त्यस्तै, फोहोर मैला व्यवस्थापन गर्न जिम्मा पाएका पाथवेका अध्यक्ष बस्नेत लगायतले नगरपालिका, स्थानीय उपभोक्ता र अन्य संघसंस्थाहरुको साझेदारीमा सहकार्य गरी काम अगाडी बढाउने बताएका थिए।
नगरपालिकाले सम्झौता पाउने संस्थालाई आगामी २०७६ चैत मसान्तसम्म अनुदान उपलब्ध गराउने छ । यो कार्यक्रम लागू गरिएपछि नगरवासीहरुले फोहोर शुल्क संकलन गर्ने र आगामी चार बर्षपछि आम्दानी समेत लिन सकिने अवधारणा अघि सारेको छ ।




Comments