कलाकार तामाङको विदाई



२९ फागुन, पथरी।
अष्ट्रेलिया पुनर्वासमा लागेकी भूटानी कलाकार एवम् गजलकार विष्णुमाया तामाङलाई आज एक कार्यक्रमकाबीच मोरङका कलाकारहरुले विदाई गरेका छन् ।
पथरीशनिश्चरेस्थित कंचनजंघा नाट्य समूहका सल्लाहकार भूपेन्द्र तिम्सिना, अध्यक्ष अभय पोखरेल, सचिव मात्रिका पौडेल र कलाकार भिष्म न्यौपानेको टोलीले तामाङलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्दै विदाई गरेको हो ।
नाट्य समूहले निर्माण गरेको हाँस्य टेलिश्रृंखला 'दोबाटे’ को कलाकारसमेत रहेकी २० वर्षीया तामाङलाई झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगी २ बाट परिवार सहित विदाई गरिएको छ ।



कार्यक्रममा समूहका सल्लाहकार तिम्सिनाले जहाँ पुगेपनि सृजना क्षेत्रलाई निरन्तरता दिँदै नेपाली पहिचान नविर्सन तामाङलाई अनुरोध गरे ।
तामाङले नेपाली पहिचान र सिर्जनाका लागि आफु सधैं लागिरहने जनाइन् । उनी गजलकारिता, नाटक तथा चलचित्रमा समेत संलग्न छिन् ।



Comments