ग्रामीण बचतमा रक्तदान



२ चैत, राजघाट।
मोरङको राजघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज राजघाटको दुर्गापुरीस्थित सहकारीको आफ्नै भवनको हाताभित्र आयोजित रक्तदान कार्यक्रमको उद्घाटन सभासद पर्तमान धिमालले गरेका थिए।
रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । रगतको अभावका कारण कैयौँ नेपालीले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको सहकारीका अध्यक्ष भीमप्रसाद लामिछानेले जानकारी दिए ।


नेपालमा दैनिक करिब ७०० पाउण्ड रगतको आवश्यकता पर्ने गरेको र आफ्नो रगतको समूहको अभावमा दैनिकजसो मानिसले ज्यान गुमाउने गरेकाले रक्तदान गरिएको सो कार्यक्रमका संयोजक केदार खनालले बताए।
धरान रेडक्रस शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको सञ्चालन संस्थाका सचिव सोमनाथ पौडेलले गरेका थिए।
ग्रामीण बचतले रक्तदान जीवन दान भन्ने नाराका साथ सामाजिक उत्तरदायित्वअन्तर्गत बर्षेनी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।



Comments