वाइसीएलको ५८ दिने अभियान




२८ फागुन, दमक।
वाइसीएल झापाले ५८ दिने विशेष अभियानसहितका कार्यक्रमहरु ल्याएको छ ।
संगठनको हालै चयन भएको जिल्ला कमिटीको बिहीबार विर्तामोडमा सम्पन्न बैठकले संगठन सुदृढीकरण तथा पुनर्जागरण अभियानअन्तर्गत विभिन्न कार्यक्रम लिएर जनस्तरमा जाने निर्णय गरेको हो ।



संगठनका जिल्ला कमिटी अध्यक्ष कर्म पुलामीले अभियानअन्तर्गत रचनात्मक सहयोग, शहिद परिवारका छोराछोरीको सहयोगार्थ सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिए । बैठकपछि अध्यक्ष पुलामीले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा फागुन २८ देखि बैशाख २६ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गतका कार्यक्रमहरुबारे जानकारी दिइएको छ ।
विज्ञप्तीमा बैशाख १७ गते मेचीनगरमा मार्चपास गरी बैशाख १८ गते धाइजनमा जनयुद्धका शहिद परिवारका छोराछोरीको शिक्षामा सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम गर्ने पनि उल्लेख छ ।


Comments