फोहोरविरुद्ध 'बुद्धिको बिर्को'



१४ चैत, पथरी।
मोरङको पथरीशनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले फोहोर व्यवस्थापनको सन्देशका लागि सडक नाटक 'बुद्धिको बिर्को' निर्माण गरेको छ ।
पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्ने अभियानअन्तर्गत नाट्य समूहमार्फत आफ्नो कार्यक्रम अगाडि बढाएको हो ।
चैत २० गतेबाट प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणाको तयारीका सन्दर्भमा जनचेतनामुलक नाटक प्रस्तुत गरिन लागेको नाटकका संयोजक भूपेन्द्र तिम्सिनाले बताए।




नाटकमा यमलोकबाट आएको यमराजले उल्टै फोहोर नगर्न र अकालमा नमर्न सम्झाएको फरकपनको प्रस्तुतिका साथ नाटकले सन्देश दिएको छ ।
भोली पथरी बजारमा प्रदर्शन हुने भएको सो नाटक शनिश्चरे बजार र किर्तिपूर बजारमासमेत प्रदर्शन गरिने छ ।
नाटकमा भूपेन्द्र तिम्सिना, अभय पोखरेल, कमला घिमिरे, भिष्म न्यौपाने, मात्रिका पौडेल र हरेन्द्र खत्रीको अभिनय रहेको छ ।
सडक नाटकका क्षेत्रमा ख्याति कमाएको नाट्य समूहले चेतनामुलक अभियानका साथै टेलिश्रृंखला 'दोबाटे' समेत निर्माण गरेको छ ।



Comments