गायक राईको एल्बम साहारा बजारमा



तेजन खड्का, उर्लाबारी।
गायक चित्र राईको दोस्रो गीती एल्बम साहारा बजारमा आएको छ । एल्बममा ५ वटा आधुनिक र पप मेलोडी गीत समावेश छ । गायक राईको स्वर र संगीत रहेको उक्त एल्बमका सवै गीत लिना राईले रचना गरेकी हुन् । मायाले बाँध्यो मेरो मन्, आफ्नो पराई भइदिँदा, आउँछ अतितका तिम्रो याद, साँचो माया गर्छु भन्थ्यौ र तिमी आयौ जिन्दगीमा जस्ता गीत रहेको एल्बम साहराको काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ भएको हो ।
एल्बमको विरतण भने हाम्रो म्युजिक प्रालिले गरेको छ । यसअघि उनको दुई मुटु नामक एल्बम बजारमा आएको थियो । 'एल्बमबाट आशावादी रहेको छु', गायक राईले भने, 'पहिलो एल्बम दुई मुटुलाई श्रोताहरूले रुचाइदिनुभयो, त्यसैले थप हौसला मिलेकोले दोस्रो एल्बम ल्याएको हुँ।'





एल्बमले आफ्नो गीतीमोहलाई जिवन्तता दिने गायक राईको विश्वास छ । गीत सुनेर प्रतिक्रिया दिन राईको आग्रह छ । एल्बमका गीतहरुको भिडियो पनि चाँडै बजारमा ल्याउने उनले जानकारी दिएका छन् ।



Comments