मानव स्वास्थ्यसम्बन्धी प्रदर्शनी



२९ फागुन, दमक।
झापाको दमकस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मानव शरीरको बृद्धि विकास सम्बन्धी एक दिने प्रदर्शनी सम्पन्न गरेको छ ।
आज आयोजित प्रदर्शनीमा मानव शरीर बृद्धि, पोषणको महत्व तथा मानव स्वास्थ्यका विभिन्न अवस्थाका बारे एक सय बढी चित्रहरूको प्रदर्शन गरिएको थियो । प्रतिष्ठानमा अध्ययनरत नर्सिङ दोश्रो तहका विद्यार्थीहरुले स्थानीय सर्वोदय अंग्रेजी स्कुलमा सो प्रदर्शनी गरिएको प्रतिष्ठान प्रमुख शकुन्तला गुरागाईंले जानकारी दिइन् ।




Comments