बेपत्ता बाबुको खोजी गरिदिन आग्रह




१० चैत, सुरुङ्गा ।
गएको शनिबारदेखि वेपत्ता भएका आफ्ना बाबुको खोजी गरिदिन केशव काफ्लेले सबैसँग आग्रह गरेका छन् । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा अध्ययनरत केशवका बुबा कृष्णचन्द्र ३ दिनदेखि बेपत्ता भएका हुन् ।
कृष्णचन्द्र गत शनिबार पाँचथरको गणेश चोकबाट झापा आउने भन्दै हिँडेको उनको छोराले बताएका छन् ।




भादगाउँले कालो टोली, नम्बर १ लेखेको कालो ज्याकेट, रातो जुत्ता र कालो पत्थरको माला लगाएका गउँगोरो वर्णका काफ्ले नागी ६ पाँचथरमा स्थायी वसोवास गर्दै आएका थिए । उनी हराएपछि खोजीका लागि प्रहरीमा निवेदन समेत दिइसकिएको बताइएको छ ।



Comments