दुई दुर्घटनामा एकको मृत्यु १३ घाइते (घाइतेको नामावलीसहित)





४ चैत, दमक।
झापाका दुई स्थानमा आज भएका सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । ती घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शनिअर्जुन ९ मा बसको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुने झापाको जुरोपानी, ग्लालडुब्बाका ५१ बर्षीय गोकुल शर्मा हुन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख १०६४ नम्बरको बसले आज दिउँसो साढे १२ बजेतिर बिपरित दिशाबाट जाँदै गरेको मे ३ प ३३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा छातीमा गम्भीर चोट लागेका शर्मालाई कन्काई अस्पताल बिर्तामोड लागिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
बसको ठक्करबाट मोटरसाइकलको पछाडी सवार रहेका झापा गौरादह ३ का २६ वर्षिय दिप राजवंशी सामान्य घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भई रहेको छ । बस तथा चालक मेची नगरपालिका १० बस्ने ४० वर्षिय साखुमान राईलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।



यता पूर्वपश्चिम राजमार्गकै तोपगाछीमा आजबिहान १० बजेतिर स्कुटीलाई जोगाउने क्रममा एक यात्रुवाहक बस पल्टिँदा १२ जना घाइते भएका छन्। तोपगाछी ६ स्थित चुलाचुली मोडमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ९३६१ नम्बरको बस मे ६ प ८९०८ नम्बरको स्कुटीलाई जोगाउन खोज्दा अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो।
स्कुटी जोगाउने क्रममा अनियन्त्रित भएको बसले बिपरीत दिशाबाट आउँदै गरेको को १३ प ६९२६ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा बसका १० जना यात्री, मोटरसाइकलका चालक र स्कुटीमा सवार एकजना घाइते भएका छन। घाइतेहरुमध्ये बसका एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


दुर्घटनास्थलमा भेटिएको करिव १२-१२ बर्षको बालकको काटिएको हात
घटनास्थलमा इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट प्रहरी टोली खटिगई घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक ल्याएका थिए।
बसका चालक फरार रहेकाले खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घाइतेको नामावली

Comments