फुटबल प्रशिक्षक 'मामा' एनएमसी वर्ष उत्कृष्ट व्यक्तित्व

-->
गोपाल काफ्ले
२१ फागुन, विर्तामोड।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी), झापाले आफ्नो २२औं स्थापना दिवसका अवसरमा वर्षउत्कृष्ट व्यक्तित्व, उत्कृष्ट सहकारी व्यक्तित्व, उत्कृष्ट सञ्चार गृह, उत्कृष्ट कृषक, उत्कृष्ट कर्मचारी, दीर्घसेवी कर्मचारी तथा उत्कृष्ट सदस्यहरु गरी २० व्यक्ति र एक सञ्चार संस्थालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।
यही फागुन २४ गते संस्थाको स्थापना दिवसका अवसरमा धुलाबारीमा आयोजना गर्ने समारोहमा एनएमसी वर्षउत्कृष्ट व्यक्तित्वका रुपमा बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले (मामा) सहितलाई सम्मानित र पुरस्कृत गर्ने संस्थाले जनाएको छ।

-->
यसैगरी उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडका अध्यक्ष रुद्रमणि श्रेष्ठ सम्मानित हुने भएका छन् । वर्षउत्कृष्ट व्यक्तित्वलाई नगद २५ हजार रूपैयाँसहित कदरपत्र र उत्कृष्ट सहकारी व्यक्तित्वलाई नगद १५ हजारसहित कदरपत्रले सम्मान गरिनेछ ।
संस्था सञ्चालक सदस्य एवम् सूचना तथा सञ्चार समितिका संयोजक ठाकुरप्रसाद सिवाकोटीले दिएको जानकारी अनुसार यसवर्ष संस्थाले भद्रपुरमा सञ्चालित सामुदायिक रेडियो नागरिक एफएम १०७.५ मेघाहर्जलाई उत्कृष्ट सञ्चार गृहका रुपमा पुरस्कृत गर्ने निर्णय गरेको छ । यसैगरी, उत्कृष्ट कृषकका रुपमा मेचीनगर-६ धुलाबारी निवासी निराज श्रेष्ठ सम्मानित हुनेछन् । संस्थाको पुरस्कार नीति तथा कार्यविधि अनुसार उत्कृष्ट सञ्चार गृह वा व्यक्तिले नगद ११ हजार रूपैयाँसहित कदरपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट कृषकलाई नगद ७ हजार रुपैयाँसहित कदरपत्रद्वारा सम्मान गरिनेछ ।
संस्था सञ्चालक समितिको फागुन १९ गते सम्पन्न १२औं बैठकले गरेको निर्णयअनुसार संस्थामा १० वर्षन्दा बढी अवधिदेखि कार्यरत कर्मचारीमध्ये उत्कृष्ट सेवा गर्ने चन्द्रगढी कार्यालयका संकलक कर्मचारी कृष्णप्रसाद पोखरेलले एनएमसी दीर्घसेवा उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी एनएमसी वर्षउत्कृष्ट पुरस्कार सुरुङ्गा कार्यालयमा कार्यरत सहायक प्रथम नविन तामाङले प्राप्त गर्ने भएका छन् । दुवै पुरस्कारको राशि नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र रहने जनाइएको छ ।
-->

यसैगरी, संस्थाले विगत वर्षझैं यसवर्ष पनि संस्थाको सदस्य भएर उत्कृष्ट कारोबार गरी जीवनमा उल्लेख्य र सकारात्मक परिवर्तन ल्याउन सफल सदस्य -श्रीमान-श्रीमती दुवैलाई) सम्मान तथा पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिएको छ । संस्थाका सबै कार्यालयबाट छनोट भएका हरेक सदस्यलाई नगद पाँच हजार रुपैयाँ पुरस्कारसहित कदर पत्रद्वारा सम्मान गरिने संस्थाको पुरस्कार नीतिमा उल्लेख छ ।
पुरस्कृत र सम्मानित हुनेको सूचिमा काँकरभिट्टा कार्यालयबाट गोमाकुमारी साह (सदस्य नं. ४१७०) र भिमा राई (सदस्य नं. २९२६), बिर्तामोड कार्यालय अन्तर्गतका विष्णु लिङ्गदेन (सदस्य नं. १४४६७) र अनुराग गोश्वामी (सदस्य नं. १२२५३) तथा चन्द्रगढी कार्यालयका संगीता न्यौपाने (सदस्य नं. ३३७७) र मदन भुषाल (सदस्य नं. ५४१४) रहेका छन् । यसैगरी सुरुङ्गा कार्यालयका शिवशंकर महासेठ (सदस्य नं. ४१७०), चारआली कार्यालयका पूर्णबहादुर राई (सदस्य नं. २४९५), बुधबारे कार्यालयका सीता कार्की (सदस्य नं. १३०२०), बनियानी कार्यालयका यज्ञनिधि भण्डारी (सदस्य नं. ५२२५) पुरस्कृत हुने संस्थाका प्रबन्धक सूर्यप्रसाद मैनालीले जानकारी दिए । मैनालीका अनुसार शनिश्चरे कार्यालय अन्तर्गतका कमला लामिछाने (धिताल) (सदस्य नं. ११७४४), धुलाबारी कार्यालय अन्तर्गतका निर्मलकुमार राउत (सदस्य नं. ३८६८), बाहुनडाँगी कार्यालयका कर्णाखर बाँस्कोटा (सदस्य नं. १२८२५), इटाभट्टा कार्यालय अन्तर्गतका कुन्तामाया ढुङ्गाना (ओझा) (सदस्य नं. ३८७६) र शरणामती कार्यालयका सदस्य मञ्जुदेवी फुयल (सुबेदी) (सदस्य नं. १३६०३) ले पनि पुरस्कृत र सम्मानित हुने अवसर पाएका छन् ।


-->

Comments