नेपालकै ठुलो जुटमिलमा आगलागी, करिव ३० लाखको क्षति




तेज बन विश्वासी
११ चैत, सुनसरी ।
नेपालकै सबैभन्दा ठुलो जुटमिलको रुपमा परिचित सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टिफाइवर्स लिमिटेडमा आज विहान बिहान साढे ११ बजे आगलागी हुदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिद्युत सर्ट भएर आगलागि हुँदा उद्योगभित्र रहेका कच्चा पदार्थहरु जलेर नष्ट भएको उद्योग प्रशासनले जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि ३० लाख रूपैयाँ बराबरको क्षति भएको हुन सक्ने उद्योग प्रशासनले जनाएको छ ।


इटहरी, धरान, इनरुवा, बिराटनगरको बारुणयन्त्र, स्थानीयवासी, उद्योगका मजदुर, प्रहरी लगायतको प्रयासबाट दिउँसो २ बजे आगो निभाइएको थियो।




Comments