कहाँ गयो स्वाभिमान ?



तस्वीरमा देखिएको भारतीय नम्बर प्लेटको कारमा चढ्दै गरेका व्यक्ति मोरङ क्षेत्र नं. ९ का सभासद डिगबहादुर लिम्बू हुन् । केही समयदेखि आफ्नो निर्वाचन क्षेत्र घुम्ने क्रममा सभासद लिम्बू भारतीय DL8CG/2843 नम्बरको हुन्डाई कम्पनीको कारमा निर्धक्क हिँड्ने गरेका छन् । आइतबार उर्लाबारी-७ स्थित सुनपकुवा उमाविको एक कार्यक्रममा सहभागी हुने क्रममा पनि लिम्बू सोही कारमा सवार थिए ।




उनको यो हर्कत देखेर केही व्यक्तिले तीन दिनअघि सो कारमा मंगलबारेमै ढुंगा प्रहार गरेको पनि खुल्न आएको छ । जसका कारण कारको अगाडिको सिसा चर्किएको प्रष्टै देख्न सकिन्छ । भारतीय नम्बर प्लेटको गाडीमा सभासद जस्तो मुलुकको नीति निर्माण तहमा पुगेका व्यक्ति सवार हुँदा स्थानीय प्रहरी मुकदर्शक बनेको छ । यस विषयमा सभासदसँगै कार्यक्रममा सहभागी भएका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीसँग जिज्ञासा राख्दा उनले कुनै प्रतिकृया दिन चाहेनन्।
शब्द/तस्वीर - मिलन के राउत



Comments


  1. मित्र मिलन के राउत जी अब तपाई किन ९ नंबर क्षेत्रका सभाषदको पछाडी लागिरहनु हुन्छ ? भारतिय गाडीहरु नेपालमा सबै नेपाली नागरिकले चलाउन पाउने ब्यबस्था रहेको कुराको अध्यय्न गर्नुस ।कानुनी प्रक्रिया पुरा गरेपछि भारतका गाडी चलाउन पाउने कुरामा सबै नेपालीको अधिकार विपरित पुर्वाग्राही ढंगबाट समाचार आउदा नेपाल विद्यार्थी संघ क्षेत्र नं. ९ मोरंगको गम्भिर ध्यानाकर्षण भएको छ । सभाषद डिग बहादुर लिम्बुको ब्यक्तिगत र पदिय रुपमा बदनाम गर्ने उद्देश्य पुर्वाग्राही देखिन्छ । समाचार बाट भ्रमित नहुन सबैलाई सविनय अनुरोध गर्दछु ।
    प्रशन्त निरौला

    सभापति
    ने.वि. संघ
    क्षेत्र नं ९ मोरंग

    ReplyDelete

Post a Comment