सूर्यदर्शन आफ्नै भवनमा सर्दै



१९ फागुन, दमक।
झापाको दमक-११ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था आफ्नै भवनमा सर्र्ने भएको छ । यही फागुन २७ गते बुधबारका दिनदेखि संस्था दमक-११ थानारोडस्थित आफ्नै भवनमा सर्ने भएको हो ।
सो दिन संस्थाले एक औपचारिक कार्यक्रम गरी कार्यालय आफ्नै भवनमा सार्ने तयारी भएको संस्थाका सञ्चालक समितिका अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए । नवनिर्मित तीन तले सो कार्यालय भवनको उद्घाटन राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष तथा सभासद् केशव बडालले गर्ने भएका हुन् ।
२०६७ सालमा स्थापना भएको सो सहकारीले पाँचौ बर्षको प्रवेशका अवसरमा भवन बनाउन सफल भएको अध्यक्ष सापकोटाले बताए ।



Comments