अपहरणको धम्की दिने अदालत पेस



१५ चैत, दमक।
दमक-१२ की एक महिलालाई ब्ल्याकमेलिङ गरेर अपहरणको धम्की दिने स्थानीय एक युवालाई अदालतमा पेस गरिएको छ । इलाका प्रहरी कार्यालय दमकले दमक १२ का कन्हैया गुप्ता विरुद्ध अपहरण सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतमा पेस गरेको हो । कार्यालयका अपराध अनुसन्धान फाँटका असइ वासुप्रसाद चौधरीले आरोपित गुप्तालाई सोही ठाउँकी सुस्मा सुहाङलाई ब्ल्याकमेलिङ गरेको आरोपमा २५ दिनअघि पक्राउ गरिएको बताए ।



आरोपित गुप्ताविरुद्ध दर्ता भएको मुद्दामा प्रहरीले लामो समयसम्म थप अनुसन्धान गरी फेला परेका प्रमाणहरुको बयान अदालतमा शुक्रबार पेस गरिएको र सो सम्बन्धी फैसला भइ नसकेको चौधरीले जानकारी दिए ।






Comments