२१ बर्षे झापाली युवाको सगरमाथा आरोहणको तयारी



२ चैत, बिर्तामोड।
झापा चन्द्रगढीका २१ वर्षीय अनिस लुइँटेलले सगरमाथा आरोहण गर्ने भएका छन् । उनले चैत २० गते आरोहण यात्रा शुरु गर्ने बताइएको छ ।
यसअघि गत वैशाखमा उनले सगरमाथा नजिकैको ६१६० मिटर अग्लो आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका छन् उनले । उनलाई सगरमाथा आरोहणमा १६ लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम जुटाउन सहयोग समिति बनाएर जिल्लाका विभिन्न ठाउँमा छलफल अभियान चलाइएको छ ।


यसैबीच सोमबार झापा उद्योग वाणिज्य संघ विर्तामोडमा उद्योगी व्यवसायीसँग छलफल भयो । उक्त अवसरमा संघका अध्यक्ष बलराम कार्की, उपाध्यक्ष कुमार भट्टराई, पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकाल लगायतले अनिसले सगरमाथा आरोहण गर्ने कुरा झापालीकै लागि गौरबको विषय भएको बताए ।
उनलाई सहयोग जुटाउन यही चैत १४ गते धुलाबारीमा गायक कमल रसाइली, बालेन साह, तथा झापाली कलाकारको साथमा सांगीतिक कार्यक्रम गरिने बताइएको छ ।




Comments