वाइसिएल दमक नगर कमिटि गठन




५ चैत, दमक।
एकीकृत नेकपा माओवादीसम्बद्ध वाइसिएल नेपालको दमक नगर भेलाले डेविट शाही ठकुरीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
शुक्रबार मारवाडी सेवा समितिको सभाकक्षमा भएको भेलाले उपाध्यक्षत्रयमा कृष्ण प्रधान, मुन्ना चौधरी र प्रकाश पोखरेल, सचिवमा मिलन तामाङ र सहसचिवमा धर्मेन्द्र कार्कीलाई चयन गरेको जनाइएको छ ।


पार्टी जिल्ला कमिटी उपाध्यक्ष राजु आचार्य (अग्नी)को प्रमुख आतिथ्यमा भएको भेलामा जिल्ला सचिव कृष्ण अधिकारी (उमेश), वाइसिएलका जिल्ला इञ्चार्ज विमल राई, जिल्ला अध्यक्ष कर्म पुलामी, क्षेत्रीय अध्यक्ष सन्तोष चाम्लिङ राई, सचिव शंकर रोक्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




Comments