दमक डोजो उत्कृष्ट



२९ फागुन, दमक।
झापाको दमकस्थित दमक डोजोका ८ जना खेलाडी जिल्ला व्यापी डोजो स्तरीय कराँते प्रतियोगितामा उत्कृष्ट भएका छन् । काँकरभिट्टामा हालै सम्पन्न सो प्रतियोगितामा २५ केजी तौल समूहमा यमुना खड्का पहिलो भइन् । त्यस्तै २० केजी समूहमा रोहित लिम्बू र आइतराज लिम्बू तेस्रो भए । ३० केजी समूहमा ख्याम नेपाली पहिलो, ३५ केजी समूहमा अनिषा राई दोस्रो र जुनु राई तेस्रो भए । त्यसैगरी ४५ केजी समूहमा सविन ठाकुर तेस्रो र ५० केजी समूहमा नविन भट्टराई दोस्रो भएका मल्टी मार्सल सगरमाथा आर्ट एकाडेमीका अध्यक्ष दीपक धिमालले जानकारी दिए ।



प्रतियोगितामा सहभागी महिला खेलाडीमध्ये दमक डोजोकी अनिषा राई सर्वोत्कृष्ट घोषित भइन् भने सहभागी समूहमा सबैभन्दा धेरै पदक जितेर दमक डोजो पहिलो भएको पनि उनले बताए । सो टिमका प्रशिक्षकहरुमा नविन तामाङ, विमल श्रेष्ठ र सुरेश गजमेर रहेका थिए ।
यसैबीच प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई मल्टी मार्सल सगरमाथा आर्ट एकाडेमीले एक कार्यक्रम गरी अविर जात्रासहित खुसीयाली मनाएको छ । दमक-१२ स्थित पशुहाट परिसरमा संविधानसभा सदस्य महेन्द्रकुमारी सुब्बा, एकाडेमीका अध्यक्ष धिमाल लगायतले विजेता खेलाडीहरूलाई बधाई ज्ञापन गरेका थिए ।





Comments