दमकमा प्रहरीको साइकल गस्ती



१६ चैत, दमक।
दमकमा चोरी, लुटपाट, लागूऔषधको प्रयोगजस्ता घटना रोक्न प्रहरीले चौबीसै घण्टा साइकलमा सादा पोसाकका विशेष प्रहरी गस्ती टोली परिचालन गरेको छ । इलाका प्रहरी कार्यालय दमकको प्रहरी कमान्ड नयाँ डीएसपी इश्वर कार्कीले सम्हालेपछि यस क्षेत्रमा हुने गरेका अपराधका घटना रोक्न त्यस्तो गस्ती परिचालन गरिएको हो । कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले चारवटा साइकलमा अतिरिक्त प्रहरी गस्ती टोली परिचालन गरिएको जानकारी दिए ।




उनका अनुसार त्यस किसिमको गस्ती टोलीले दमकको बजार क्षेत्र तथा चोरीका घटना हुने सम्भावित क्षेत्रमा विशेष निगरानी राख्नेछ । 'बैंक, सहकारी, बजार तथा वित्तीय कारोबार हुने र जोखिमको सूचीमा परेका क्षेत्रमा गस्तीले बढी निगरानी राख्नेछ,' प्रहरी निरीक्षक सिलवालले भने ।
दमकमा प्रहरीले यस अघिदेखि नै मोटरसाइकल गस्तीका लागि २४ सै घण्टा क्विक रेस्पोन्स टिम परिचालन गर्दै आएको छ ।



Comments