'जनतालाई विश्वास नभए पत्रकारिता पेशा ओरालो लाग्छ'



२१ फागुन, बिर्तामोड।
नेपाल पत्रकार महासंघ झापा शाखाको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा आज विर्तामोडमा 'पत्रकार आचारसंहिता जागरण अभियान २०७१' सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्ण बहादुर कार्कीले जनतामा अविश्वास पैदा भएपछि पत्रकारिता पेशा ओरालो लाग्ने भएकाले सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका सदस्य मुरलीप्रसाद यादवले प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र प्रेस काउन्सिल नेपाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।


बिर्तामोड स्थित होटल डेनियलमा आयोजित कार्यक्रममा कार्यपत्रमाथि नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, एककीकृत नेकपा माओवादीका झापा उपाध्यक्ष राजु आचार्य अग्नि, राप्रपा नेपालका केन्द्रीय सदस्य राजकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश डालमियालगायतले टिप्पणी गरेका गरेका थिए।
'स्वस्थ, जिम्वेवार र व्यवसायिक पत्रकारिताका लागि आचारसंहिता पालना गरौं' नारा रहेको सो कार्यक्रममा महासंघ झापा उपाध्यक्ष तारामणि सापकोटाले औचित्यमाथि प्रकाश र काउन्सिलका सदस्य सुदर्शन आचार्यले स्वागत गरेका थिए।
महासंघ झापा सचिव एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामतीले धन्यवाद ज्ञापन गरेका थिए।
त्यस क्रममा भएको अन्तरक्रियामा रेडियो व्रोडकाष्टिङ एसोसिएसन (वान)का केन्द्रीय उपाध्यक्ष कुमार भट्टराई, महिला अधिकारकर्मी कविता शर्मा, नारी सञ्चार गृहकी सावित्रा दाहाल, फोरम नेपालकी संगीता रौनियार, वीरता लेडी जेसीजकी अध्यक्ष पार्वता विमली, नेपाल अलैंची व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र घिमिरे, पत्रकारमहासंघका पूर्व केन्द्रीय सदस्य मदन ढकाल, निर्बतमान पूर्वाञ्चल संयोजक मोहन काजी, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य चेतन अधिकारी, रेडियो सरगमका ज्ञानेन्द्र निरौला, पूर्वाञ्चल दैनिकका चन्द्रकान्त ढकाल लगायतले बोलेका थिए।


त्यस्तै दमकका विष्णु अधिकारीले झापाका एक पत्रकारबाट आफू पीडित भएको भन्दै घटना सार्वजनिक गरेका थिए।
कार्यक्रममा पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोखरेल, नेपाल रेडक्रश सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला सभापति लोकराज ढकाल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति रुपक खनाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुव्वा, पत्रकार महासंघका पूर्व जिल्ला सभापतिहरु चिन्तामणि दाहाल, माधव विद्रोही, प्रेस युनियनका सचिव उमाकान्त खनाल, प्रेस चौतारीका अध्यक्ष गोपाल काफ्ले, कान्तिकारी पत्रकार संघका अध्यक्ष टीकाराम उप्रेती, फोनिजका अध्यक्ष गणेशमान मुखिया, झापा उद्योग वाणिज्यसंघ विर्तामोडका अध्यक्ष वलराम कार्की, वीरता जेसीजका अध्यक्ष भक्तराज भारती, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष शारदा रिजाल, झापाका प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मी लगायतको आतिथ्ता रहेको थियो ।
कार्यक्रममा राजनीतिक दल, सरकारी कार्यालय, संघसंस्था, नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मी गरी १२० बढीको सहभागिता रहेको महासंघ झापा सचिव एकराज गिरीले जानकारी दिए।



Comments