शारदाको स्वर्ण महोत्सव, दजनौं सम्मानित



खगेन्द्र घिमिरे
२४ फागुन, लक्ष्मीपुर इलाम।
इलाम लक्ष्मीपुर ४ चुङमाङ्गस्थित शारदा प्राथमिक विद्यालयको स्वर्ण महोत्सव बिबिध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
बि.सं. २०२१ सालमा स्थापना भएको सो विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम साथै विद्यालयलाई जग्गा दान गर्ने जग्गादाता, पूर्व शिक्षक, विद्यालय ब्यवस्थापन तथा अभिभावक समिति अध्यक्षहरुलाई सम्मानसमेत गरिएको छ । फागुन २२ देखि २ दिन सम्म सञ्चालन भएको स्वर्ण महोत्सवको देवमणि दहालले उदघाटन गरेका थिए।




२२ गते पहिलो दिनको सांस्कृतिक कार्यक्रममा इलाम क्षेत्रका गायक कुवेर राई, भुपेन राई, युनिर्भसल डान्स सेन्टरका कलाकार, इलाम आइडलका संगीत थापा, तुलसी क्षेत्री, बालकलाकार आकृति थापा लगायतले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै दोश्रो दिन विद्यालयका पूर्व शिक्षक २२ जना, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष ८ जना, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष २ जना, जग्गादाता ४ जना, देउसी कार्यक्रममा उत्कृष्ट दाता १० जना, गायक १२ जना, नृत्य प्रस्तुत गर्ने २ जना, स्वर्ण महोत्सव आयोजनाका लागि बिभिन्न क्षेत्रमा सहयोग गर्ने २ जनालाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको विद्यालयका शिक्षक बुद्धराज थापाले जानकारि दिए।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदन पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा बोल्दै विद्यालयका प्रथम शिक्षक तथा पूर्व अध्यक्ष लालवहादुर थापा, राम आचार्य, पूर्व शिक्षक हेम कट्टेल, लिलानाथ भट्टराई, राजेन्द्र अधिकारी, रोमनाथ अधिकारी लगायतले विद्यालयलाई आर्थिक तथा भौतिक क्षेत्रमा बाहिरी क्षेत्रबाट खासै सहयोग नभएको बताएका थिए । वक्ताहरूले विद्यालय इतिहासको बिषयमा चर्चा समेत गरेका थिए ।
कार्यक्रमको सञ्चालन टिका थापा, सुरेन्द्र मिश्र र खगेन्द्र घिमिरेले संयुक्त रुपमा गरेका थिए।





Comments