गिरिजाप्रसादको स्मृति सभा सम्पन्न



७ चैत, दमक।
पूर्व प्रधानमन्त्री तथा जनआन्दोलन ०६२/०६३का प्रमुख गिरिजा प्रसाद कोइरालाको आज दमकमा पाँचौ स्मृति सभा गरिएको छ ।
नेपाली कांग्रेसले आयोजना गरेको स्मृति सभामा बोल्ने नेताहरुले कोइरालाको अगुवाईमा संविधान सभाको निर्वाचन भए पनि त्यसको संस्थागत बिकास हुन नसकेको बताए। उनीहरूले कोइरालाले नेपाली जनतालाई लोकतान्त्रिक संविधान दिने र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउने भनी गरेको बाचा अधुरै रहेको बताएका छन्। पार्टीका झापा जिल्ला कोषाध्यक्ष देवी दाहालले निष्ठाको राजनीति गर्ने स्वर्गीय कोइराला चट्टान झैं अडानमा रहने नेता भएको बताए। क्षेत्रीय सभापति शेर बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा दाहालले नेता कोइराला दुरदर्शी नेता भएको बताएका थिए।


महाधिवेशन प्रतिनिधि मान बहादुर बुढाथोकीले गिरिजा कोइरालाले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताए। महाधिवेशन प्रतिनिधि दिल बहादुर बुढाथोकी, तरुण दलका क्षेत्रीय सभापति गोकुल श्रेष्ठले मुलुककै अभिभावकका रूपमा रहेका नेता कोइरालालाई गुमाएको बताए।
कार्यकरममा नेपाल किसान संघ दमक नगर सभापति भानु सुवेदी लगायतले बोलेका थिए।


Comments