गौरादहमा अतिथि सदन निर्माण शुरु




२५ फागुन, दमक।
झापाको गौरादह- ४ मा अतिथि सदन निर्माण थालिएको छ । झापा उद्योग बाणिज्य संघ गौरादह शाखाले अत्याधुनिक अतिथि सदन निर्माण थालेको हो।
संघका अध्यक्ष डिल्ली काफ्लेका अनुसार गौरादह स्कूलचौन सडकदेखि अतिथि सदन निर्माण स्थलसम्म सडकको ग्राभेलको काम थालिएको जानकारी दिए । ७ सय मिटर सडक निर्माणका लागि २० लाख रुपैयाँमा ठेक्का लागेको छ ।



पहिलो चरणमा १ करोड ३० लाख रुपैयाँको लागतमा सत्कार कक्षको निर्माण भइरहेको छ । केही समयअघि सञ्चालन गरिएको महायज्ञमा संकलित रकम र अन्य स्रोतको परिचालन गरी काम थालिएको काफ्लेले बताए ।
कुल ३ करोड ५० लाख रुपैयाँको लागतमा ३ तले सत्कार कक्ष, मुख्य हल, बैठक कक्ष र कार्यालय निर्माण गरिने संघले जनाएको छ ।






Comments