अग्नी पीडितलाई फूटबल क्लवको राहत




अनिल घिसिङ
६ चैत, बेलबारी।
मोरङ्गको बेलवारी नगरपालिका १० स्थित कसेनी रामपुरका अग्नी पीडितहरुलाई बेलबारी फूटबल क्लवले राहत वितरण गरेको छ ।
गत मंगलबार दिउँसो आगलागी हुँदा रामपुरका १२ घर जलेर नष्ट भएका थिए ।
अग्नी पीडितलाई बेलबारी फूटबल क्लवले बिहीबार त्रिपाल, झुल लगायत प्रतिपरिवार ५० किलो चामल, नुन-तेल, चिउरा, साबुन, मसला अदि सामाग्री बितरण गरेको हो ।
बिपत्तीमा परेका बेला मानवले मानवलाई सहायता गर्नुपर्छ भन्ने भवनाले क्लवले सहयोग गरेको बेलबारी फूटबल क्लवका अध्यक्ष रसिन लामाले बताए।


गत मंगलबार दिउँसोको समयमा स्थानीय समर बहादुर कार्कीको घरबाट आगलागी सुरु भएको थियो । तेज हावाका कारण आसपासका घरहरुमा समेत आगो फैलँदा दुर्गा कार्की, गणेश कार्की, इन्द्र बहादुर कार्की, अमरजंग खत्री, केदार बस्नेत, तारा बहादुर कार्की, रामजी खत्री, डम्बर बहादुर कार्की, बल बहादुर खत्रीको घर तथा ग्वाली र रोहित कार्कीको घर मिल, थ्रेसर, मोटरसाइकल र ६०० क्यू्.फि. चिरान काठ समेत जलेर नष्ट भएको थियो ।
आगलागीबाट १२ वटा घरका लत्ता कपडा, खाद्यान्न, नगद, जिन्सी जलेर नष्ट हुँदा करीब दुई करोड रूपैयाँ बराबरको क्षति भएको स्थानीय राम बाबु श्रेष्ठले जानकारी दिए।
स्थानीयवासी, सशस्त्र प्रहरी वाहुनी, मोतिपुरको सशस्त्र प्रहरी, नेपाली सेनाको अर्जुन गण, इलाका प्रहरी कार्यालय बेलबारी साथै बिराटनगर, इनरुवा, इटहरी र धरानका पाँच वटा दमकलले ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए।
आगलागीबाट घर खरानी भएपछि पिडितहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।




Comments