गायिका ज्योति मगरमाथि स्टेजमै दुर्व्यवहार




रामकुमार परियार, युएई ।
लोक संगीतलाई अश्लिलता जोडेर कुरुप बनाएको आरोप लागिरहने गायिका ज्योति थापा मगरले युएईमा दर्शकको दुर्व्यवहार सहनु परेको छ ।
शुक्रबार युएईको अल एनमा इभेन्ट नेपालद्वारा आयोजित चैते दशैँ धमाकामा प्रस्तुती दिँदै गर्दा अश्लिलता भएको भन्दै दर्शकले गायिका मगरमाथि दुर्व्यवहार गरेका हुन् ।
नेपाली युवाहरूको सक्रिय समुह इभेन्ट नेपालद्वारा आयोजना गरिएको उक्त चैते दशैं धमाका २०१५ मा उपस्थित दर्शकले गायिका ज्योति मगरमाथि दुर्व्यवहार गरेपछि स्थानीय प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।



घटनामा केहीलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीहरुलाई अहिले छाडिएको छ । पूर्व निर्धारित समयभन्दा निक्कै ढिला गरी शुरू भएको उक्त कार्यक्रममा नेपालकी हट गायिकाका रुपमा चर्चा कमाएकी ज्योति मगरको उपस्थिति रहेको थियो । शुरूबाट नै हाउसफुल भएको उक्त चैते दशैं धमाकामा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । गायिका ज्योति मगरको प्रस्तुतिको दौरानमा दर्शकले हुटिङ र होहल्ला गरेका थिए ।
घटनापछि कार्यक्रम स्थगन नै भएको थियो भने कार्यक्रम स्थलमा प्रहरीसमेत आइपुगेको थियो । आफुलाई लोक गायिकाको रूपमा प्रस्तुत गर्ने गरेता पनि अश्लिल हाउभाउ र पहिरनको कारण उनी आलोचित हुँदै आएकी छिन् । यसैको प्रभावस्वरुप यो कार्यक्रममा दर्शकले दुर्व्यवहार गरेको बताइन्छ ।



Comments