दमकमा फाल्गुनन्द स्मृति सिटी हल बन्ने

१ चैत, दमक ।
दमकमा राष्ट्रिय बिभूति फाल्गुनन्द स्मृति सिटी हल निर्माण हुने भएको छ । दमक नगरपालिका र किरांत चोत्लुङ औंसी मांगेना सेवा समितिको संयूक्त पहलमा सिटी हल निर्माण हुने भएको हो ।
दमक १५ स्थित शान्ति बाल उद्यानको करिब २ बिगाहा जग्गामा सिटी हल बनाउने सहमति भएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए।
यही चैत ९ गते किरात धर्मगुरु आत्मनन्द लिङदेनले हलको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । नगरपालिकाका इन्जिनियर तिर्थ नारायण श्रेष्ठका अनुसार हिजो नगरपालिकाको एक टोली इलामको लारुम्बा स्थित धर्म गुरु आत्मनन्द लिङदेनको आश्रममा गएर यो बिषयमा र यसका प्रक्रियाका बारेमा छलफल भएको छ ।



करिब १५ करोड रुपैयाँको लागतमा निर्माण हुने हलका लागि हुने आर्थिक लगानी भक्तजनहरुबाट चन्दामार्फत संकलन गरिने सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले जानकारी दिए। उनका अनुसार गुरु आत्मनन्द पनि महागुरुको नाममा निर्माण हुने सिटीहल निर्माण हुने खबरले उत्साहित छन्। १५ सय जना मानिस अट्ने अत्याधुनिक प्रकारको हल २ बर्षभित्र निर्माण भइसक्ने नगरपालिका कार्यालयले जनाएको छ ।

फोटो - शान्ति बाल उद्यान परिसर



Comments