महिला गोल्डकपको फाइनलमा झापा र जहदा भिड्दै



गोविन्द पोख्रेल,
२७ फागुन, उर्लाबारी ।
उर्लाबारी मंगलबारेस्थित प्रस्तावित रंगशालामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल जदाह फुटबल क्लब र झापा फुटबल क्लबबीच हुने भएको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा झापा फुटबल क्लब लेटाङ फुटबल क्लबलाई १-० को गोल अन्तरले हराउँदै विजयी बनेको हो । रातो जर्सीमा मैदानमा उत्रेको झापाको जीतका लागि टिमकी कप्तान संगीता मगरले पहिलो हाफको २७औं मिनेटमा गरेको गोल काफी भयो ।
पहिलो हाफमा झापा आक्रामक बनेको थियो । दोस्रो हाफपछि भएको खेलमा लेटाङ फुटबल क्लब आक्रामक बन्यो । सेतो जर्सी लगाएर खेलेको लेटाङकी जर्सी नम्बर २ की इन्दिरा लिम्बूले विपक्षीका पोष्टमा गरेको पटक पटकको प्रयास असफल भएको थियो ।



प्रतियोगितको वुमेन अफ द म्याच लेटाङकी जर्सी नम्बर ४की जयकुमारी राई घोषित भइन् । वुमेन अफ द म्याचको प्रयोजक उर्लाबारी-९की स्वास्थ्य स्वयमसेवीका मनुका थापाले सो पुरस्कार राईलाई प्रदान गरिन् ।
नारी दिवसको अवसर पारेर उर्लाबारीमै पहिलो पटक आयोजना गरिएको महिला गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ । फाइनल खेलमा जदाह र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
समयको अभावका कारण फाइनल खेल चाच्डै नै खेलाउनुपरेको गोल्डकप आयोजक समितिकी अध्यक्ष भीष्मकुमारी रेग्मीले जानकारी दिइन् ।
बिहीबार हुन लागेको फाइनल खेललाई भव्य रुपमा समपन्न गर्नका लागि तयारी पुरा गरिसकेको आयोजक समितिका सदस्य भीष्म बुढाथोकीले जानकारी दिनुभयो ।
फाइनल खेल शुरु हुनुअघि आयोजकले विविध सांस्कृतिक कार्यक्रम सहितको विशेष झाँकी प्रस्तुत गर्न लागेको छ । यसका लागि आयोजकले स्टेज निर्माण कार्यलाई तीव्रता पारेको छ ।
गोल्डकपको मुख्य सहयोगी रहेको मंगलबारे युवा समाजका उपाध्यक्ष रोहित कार्कीको नेतृत्वमा रहेको स्वयसेवक दस्ताको आकारलाई बढाइएको छ । त्यसका लागि करिब ५० बढि युवा स्वयमंसेवकहरु खटाइने भएको छ ।
यस्तै, बिहीबार हुने फाइनल खेलमा करिब ५ हजार दर्शक आउने अपेक्षा आयोजकले गरेको छ । उर्लाबारी महिला गोल्डकप फुटबल प्रतियोगितामा पूर्वका मोरङ, झापा र सुनसरीका विभिन्न ६ क्लबहरुले सहभागिता जनाएका छन् ।






Comments