लिटिल प्रिन्स र लिटिल प्रिन्सेस छानिए



३० फागुन, पथरी।
मोरङको पथरीशनिश्चरेमा लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०१५ छानिएका छन् । बालबालिकाको क्षमता विकास र अभिवृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका आयोजना गरिएको प्रतियोगिताबाट दुई दुई जना लिटिल प्रिन्स र लिटिल प्रिन्सेस छानिएका हुन् ।
ग्ल्यामरस नेपाल प्रा.लि. ले आयोजना गरेको प्रतियोगिताको शुक्रबार साँझ भएको अन्तिम चरणबाट सिनियरतर्फ प्रशान बुढाथोकी र आकृति खड्का तथा जुनियरतर्फ पवन गुरुङ र आस्था अधिकारी लिटिल प्रिन्स र प्रिन्सेल घोषित भए।



यसैगरी सिनियरतर्फ थोमस लिम्बू र लक्ष्मी धिमाल फर्स्ट रनरअप, जय मगर र आस्था गुरुङ सेकेन्ड रनरअप, रोहित लिम्बू र दिपा रमई थर्ड रनरअप घोषित भए ।
उता जुनियरतर्फ डेभिड अधिकारी र नुमा लिम्बू फर्स्ट रनरअप, एञ्जल माफी र स्वास्तिका पौडेल सेकेन्ड रनरअप, युनक्य फुयल र कालिना मगर थर्ड रनरअप बन्न सफल भएका थिए। यसरी बालबालिकाहरुको ट्यालेन्टलाई अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिएको थियो ।
क्रमशः पपुलर एवार्ड रिहन जोयल श्रेष्ठ, बेस्ट ड्रेस जया मगर र इक्सा लिम्बू, बेष्ट ट्यालेन्ट एवार्ड जया मगर, सुप्रिम सुवेदी, सन्ध्या बराइली, कृपा थापा मगर, भ्युअर्स च्वाइस एवार्ड अस्मिता लिम्बू, बेस्ट फोटोग्राफिक कृतिमा मगर, दिव्या बुढाथोकी र रोहित लिम्बू बने ।
कार्यक्रमको जजिङ प्रशान्त बुढाथोकी, नायक प्रकाश घिमिरे, प्रनिशा उदास, निलम भट्टराई, रोशन थापा लगायतले गरेका थिए । सो कार्यक्रममा गायक श्रीकृष्ण लुइँटेल, सुमन ताम्राकार र सुद्धिष्टी राईले आ-आफ्ना प्रस्तुति दिएका थिए ।






Comments