लागुऔषधसहित दुई पक्राउ




४ चैत, दमक।
झापाको भद्रपुर ७ बाट आज लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित इलाम फिक्कल ८ बस्ने २४ वर्षिय सुमन राई र जिल्ला म्याग्दी घरभई हाल ललितपुर सातदोबाटो बस्ने १८ वर्षिय रोहित पुनलाई पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा प्रहरीले उनीहरुको झोलाबाट २५ पिस नाइट्रोजन ट्याब्लेट बरामद गरेको थियो। पक्राउ परेका दुबैमाथि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।




Comments