विद्यालयमा बाल प्रतिभाको पहिचान



डिकेश लामा,
१९ फागुन, बेलडाँगी।
इलामको बाँझो माविमा आज बाल बालिका प्रतिभा पहिचान अन्तर्गत विभिन्न सांगीतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
चुलाचुली स्रोत केन्द्रको संयोजनमा ३ वटा गाविसका १३ विद्यालयका विद्यार्थीहरुबीच विभिन्न विधामा प्रतिष्पर्धा गराइएको छ । इलामको चुलाचुली, साकफारा र बाँझो गाविसका १७ निमावि र माविमध्ये १३ वटा विद्यालयले प्रतिष्पर्धामा भाग लिएको कार्यक्रमका संयोजक स्रोत व्यक्ति उपेन्द्र सापकोटाले जानकारी दिए।




बालबालिकाभित्र लुकेका प्रतिभा पहिचान गर्नका लागि गायन, नृत्य, अभिनय, चित्रकला, विज्ञान र गणितको प्रदर्शनी, साहित्यतर्फ कथा, कविता, निवन्ध र चुटकिलाको प्रतिष्पर्धा भएको विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद आचार्यले जानकारी दिए । प्रतिष्पर्धामा विभिन्न विद्यालयले फरक फरक विद्यामा उत्कृष्टता हासिल गरेको र यसले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि चुलाचुली स्रोतका विद्यालय निरीक्षक सूर्यप्रसाद न्यौपानेले बताए।
मिम्लाचुङ्ग मावि साकफारा चित्रकलामा, गणित प्रदर्शनीमा चुलाचुली बोर्डिङ्ग स्कूल, विज्ञान प्रदर्शनीमा किरातेश्वर मावि चुलाचुली, साहित्यतर्फ कवितामा फाल्गुनन्द बोर्डिङ स्कूल बाँझो, कथामा बालज्योति मावि चुलाचुली, गजलमा सरस्वती निमावि बाँझो प्रथम भए भने गायन र नृत्यतर्फ धेरै विद्यालयले प्रतिष्पर्धा गरेको बाँझो माविले जानकारी दिएको छ ।


Comments