प्रहरीले ल्यायो पोलिग्राफ, अव झुट बोलेर उम्किन मुस्किल



तेज बन विश्वासी
१ चैत, सुनसरी ।
यदि तपाई कुनै अभियोगमा प्रहरीद्वारा समातिनु भएको छ र प्रहरीले सोधेको प्रश्नको गलत उत्तर दिइरहनु भएको छ भने अब होसियार हुनुहोस् किनकि पूर्वका प्रहरी कार्यालयहरुमा एक नयाँ उपकरण भित्रिसकेको छ, जसले तपाईंले बोलेको कुरा झुटो हो या साँचो सजिलै पत्ता लगाउन सक्छ ।
अपराध नियन्त्रणको निमित्त प्रहरीलाई अनुसन्धानमा सहज होस् भन्ने उद्देश्यले नेपालमा करीब २ वर्षअघि भित्रिएको पोलीग्राफ नामक उपकरण पहिलोपटक पूर्वको सुनसरीमा भित्रिएको छ ।
प्रहरीको अनुसन्धान घेरामा रहेका आरोपीहरुले बयानको क्रममा झुट बोले अनौठो संकेत दिने पोलीग्राफ मेसिन पूर्वमा पहिलोपटक सुनसरीमा भित्रिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी संजयराज शर्माले बताए ।




नयाँ उपकरण जिल्लामा भित्रिएलगत्तै आपराधिक घटनामा अनुसन्धानमा थप सहज हुने प्रहरी प्रमुख एसपी शर्माले बताए । शर्माका अनुसार बिभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरुको बयान लिने क्रममा पोलीग्राफ उपकरण टाउको, छाती, पाखुरालगायत शरीरको बिभिन्न भागहरुमा राखेर त्यसको डिभाइस सिधै कम्प्युटरमा जोडी प्रश्न गरिने र आरेपितहरुले झुट बोले सोही डिभाइसबाट एक प्रकारको संकेत मिल्नेछ, जसबाट सहि र गलत छुट्टिनेछ।
सो उपकरण चलाउन हाल महानगरीय प्रहरी कार्यालय काठमाण्डौंबाट तालीमप्राप्त एकजना प्रहरी खटाइएको समेत सुनसरीका प्रहरी प्रमुख एसपी शर्माले बताए ।





Comments