किरात राई दुङमालीहरुको बन्धु भेला सम्पन्न




३० फागुन, दमक।
किरात राई दुङमालीहरुको दमकमा आज जिल्ला स्तरिय बन्धु भेला सम्पन्न भएको छ । किरात राई दुङमाली भाषा, संस्कृति संरक्षक मञ्च जिल्ला समिति झापाको आयोजनामा दमकस्थित किरात भवनमा प्रथम सम्मेलन सम्पन्न भएको हो । मञ्चका केन्द्रीय अध्यक्ष केशर राईको प्रमुख आतिथ्यतामा भएको सम्मेलनको उद्घाटनमा विभिन्न जातिय तथा सामाजिक क्षेत्रका अगुवाहरुले आफनो भाषा, संस्कृतिको संरक्षण गर्न आफैं जुट्नु पर्नेमा जोड दिएका थिए।


कार्यक्रममा किरात राई यायोक्खाका पूर्व केन्द्रीय उपाध्यक्ष बीवी राई, सामाजिक अगुवा दीलिप राई, किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ, किरात याक्थुङ चुम्लुङ दमकका अध्यक्ष गुमानसिंह सम्बाहाम्फे, यायोक्खा दमकका अध्यक्ष बासुदेव राई लगायतका वक्ताहरुले बोलेका थिए।
मञ्चका जिल्ला अध्यक्ष उद्धव राईको अध्यक्षतामा भएको सो सम्मलेनले आज नै नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।





Comments