मोरङ ९ एमाले अध्यक्षमा बाँस्तोला



३० फागुन, उर्लावारी।
नेकपा एमाले मोरङ क्षेत्र नम्बर ९ को क्षेत्रीय समितिको अध्यक्षमा उर्लावारीका गंगाप्रसाद बाँस्तोला निर्वाचित भएका छन् ।
आज विहान भएको निर्वाचनको घोषित परिणाम अनुसार निकटतम प्रतिद्वन्दी निवर्तमान सचिव पुष्पलाल ढकाललाई ११ मतले हराउँदै बाँस्तोला ३ वर्षको कार्यकालका लागि क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका हुन्।
मतपरिणाम अनुसार बाँस्तोलाले १ सय २४ र ढकालले १ सय १३ मत प्राप्त गरेका छन्। बाँस्तोला एमाले नेता माधवकुमार नेपाल पक्षको नेताको रुपमा चिनिन्छन् भने पराजित ढकाल अध्यक्ष केपी ओली पक्षधर मानिन्छन् ।




यस्तै समितिको उपाध्यक्ष पदमा टाँडीका भक्त बहादुर राई बिजयी भएका छन्। लेटाङका नन्दलाल धिमाललाई २० मतले हराउँदै राई बिजयी भएका हुन् । राईले १२० र धिमालले १०० मत प्राप्त गरेका छन् ।
यसैगरी सचिवमा जाँतेका कृष्ण लुइँटेललाई १ मतको झिनो अन्तरले हराउँदै मधुमल्लाका गोपाल भट्टराई बिजयी हुनु भएका छन् । भट्टराई र लुइँटेलले क्रमसः १ सय १५ र १ सय १४ मत प्राप्त गरेका छन् । यस्तै उपसचिव पदमा मधुमल्लाका डिल्ली प्रसाद खतिवडालाई ८६ मतको फराकिलो अन्तरले हराउँदै उर्लाबारीकी शर्शु गुरुङ्ग बिजयी भए। गुरुङले १ सय ५६ तथा खतिवडाले ७० मत प्राप्त गरे।
लेटाङ-भोगटेनी नगरपालिकामा सम्पन्न अधिवेशनको ४७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको हो । अधिबेशनको हिजो एक कार्यक्रमका बिच नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले उद्घाटन गरेका थिए।





Comments