मञ्चले शान्ति दिवस मनाउने



दमक।
पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चले शान्ति दिवस मनाउने भएको छ । यही चैत १० गतेका दिनलाई लिम्बुवान स्वतन्त्र राज्य भएको भन्दै लिम्बुवान क्षेत्र भरि शान्ति दिवस मनाउने भएको हो । मञ्चले तत्कालिन राजा ज्ञानेन्द्र शाहले सार्वभौमसत्ता जनतामा निहीत राखेको स्मरण गर्दै सो दिन लिम्बुवान भरी विभिन्न कार्यक्रमहरुको आयोजना गरी शान्ति दिवस मनाउने भएको मञ्चद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।



मञ्चले दिवसको सन्दर्भ पारेर लिम्बुवान क्षेत्रभरि आपसी भाइचारा, सद्भाव कायम गर्न आव्हान गर्दै कार्यक्रम गर्नसमेत सवैसँग अनुरोध गरेको छ । अर्धभूमिगत सो संगठनले पूर्वमा छुट्टै राज्य लिम्बुवान भएको भन्दै विभिन्न गतिविधिहरु गर्दै आएको छ।
मञ्चका अध्यक्ष चन्द्रप्रसाद योङयाद्वारा जारी प्रेस विज्ञप्तीमा आफ्नो अधिकार प्राप्तिका लागि मञ्चले अन्तराष्ट्रिय रुपमा आवश्यक कुटनीतिक तथा कानुनी लडाईसमेत जारी राखेको उल्लेख छ ।


Comments