बञ्चरोले हानेर आफ्नै बाबुको हत्या



निरज अग्रवाल,
२९ फागुन, गौरिगञ्ज।
झापाको खजुरगाछीमा एक युवाले बञ्चरो प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् ।
खजुरगाछी-९, बालुगाउका २५ बर्षीय उमेश ताजपुरियाले बञ्चरोले हानेर आफ्नै ५५ बर्षिय बुबा हरिप्रसाद ताजपुरियाको हत्या गरेका हुन् ।
हिजो साँझ ६ बजेतिर घरायसी विवादका क्रममा आवेशमा आई उमेशले बञ्चरो प्रहार गर्दा बाबुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका उमेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरिगञ्जका प्रहरी निरीक्षक मदन गिरीले बताएका छन् ।

-->

Comments