ढ्याङ्ग्रीमा भत्किएको नहर पुनर्निर्माण




२४ फागुन, दमक।
दुई बर्षअघि तोपगाछी ९ ढ्याङ्ग्रीमा भत्किएको नहर पुननिर्माण गरिएको छ । पुनर्निर्माण गरिएको नहरको आज एक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी तेजेन्द्र पौडेलले उद्घाटन गरेका हुन्।
२०६९ साल असार २५ गते कमल नदीमा आएको बाढीले भत्किएको नहर पुनर्निर्माण गरिएको कन्काई नहर उपभोक्ता समितिका अध्यक्ष नारायण ताजपुरीयाले जानकारी दिए। कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख मेघनाथ तिम्सिनाले नहर पुनर्निर्माणसँगै कृषि उत्पादनसमेत बढ्ने बताए।



पूर्वाञ्चल सिचाईं डिभिजन कार्यालय नम्बर १ का प्रमुख कुन्जनभक्त श्रेष्ठले नहर निर्माणपछि सिचाईंमा स्थानीयहरुलाई सहज भएको बताए ।
नहर भत्किएपछि २ बर्षयता तोपगाछी र बैगुन्धुराका कृषकहरु समस्यामा परेका थिए । अब नहरसँगै बक्स कल्भर्टसमेत आउँदो असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने निर्माण ठेकेदार केदारमणि अधिकारीले जानकारी दिए ।
नहर बनेसँगै त्यस क्षेत्रको ३ हजार हेक्टर जमिनमा सिचाइँ सुबिधा प्राप्त हुनेछ ।

(फायल फोटो)



Comments