सहकारीका माध्यमबाट आर्थिक बिकास गरिनुपर्नेमा जोड




विष्णु सुब्बा।
२७ फागुन, दमक।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले आयात प्रतिस्थापन गर्दै मुलुकलाई सम्बृद्ध बनाउनुपर्ने बताएका छन् । उनले बिदेशी मुलुकबाट आयात हुने बस्तुका कारण प्रत्येक बर्ष ब्यापार घाटा बढेको उल्लेख गर्दै सहकारीका माध्यमबाट आर्थिक बिकास गरिनुपर्नेमा जोड दिए।
आज झापाको दमकमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बडालले आर्थिक रुपमा सम्बृद्ध बनाउनका लागि सहकारीका माध्यमबाट उत्पादन र उत्पादित बस्तुको निर्यात गर्न सकिने बताएका थिए।



कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाँ, मोरडका अध्यक्ष डिल्ली पोखरेल, डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधव पोखरेलले सहकारीका माध्यमबाट समुदायलाई आत्मनिर्भर बनाउन समेत सुझाव दिएका थिए । उनीहरुले सदस्यहरुको हितमा उत्पादनमुखी कार्यलाई प्राथमिकता दिन आग्रह गरे ।
संस्थाका अध्यक्ष टिकाराज सापकोटाले बैंक तथा बित्तिय संस्थामा पहुँच नभएकाहरुको आर्थिक बिकासमा सहकारीले उल्लेख्य कार्य गरेको बताउनुभयो ।





Comments