निर्धन उत्थानको तेश्रो कार्यशाला गोष्ठी सम्पन्न



६ चैत, चन्द्रगढी।
झापाको भद्रपुरमा रहेको निर्धन उत्थान बैङ्क लिमिटेड चन्द्रगढी शाखाको तेश्रो कार्याशाला गोष्टी आज सम्पन्न भएको छ ।
गरिबी निवारणको मुख्य लक्ष्य लिएको उक्त बैङ्कले उक्त अबसरमा आत्मनिर्भर बन्न सफल तीनवटा महिला समुहहरुलाई सम्मानसमेत गरेको छ ।
भद्रपुरमा रहेका मेघाटोल महिला समुह प्रथम, काफ्ले टोल महिला समुह द्वितीय र लक्ष्मीचोक महिला समुह तृतीय भएका थिए । बैङ्कबाट ऋण लिएर आत्मनिर्भर बन्ने खालका काम गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।



सोही अवसरमा गत वर्षो एसएलसी परिक्षामा उत्कृष्ट अङ्क ल्याएका सन्देश कोइरालाईसमेत सम्मान गरिएको छ । उनले एसएलसी परीक्षामा ८५.३८ प्रतिशत अङ्क ल्याएका थिए ।
मनकुमारी डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्धन उत्थान बैङ्कका क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत अनिलकुमार मिश्रको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चन्द्रगढी शाखाका प्रमुख वीरबहादुर लामाको आतिथ्यता रहेको थियो । प्रविनकुमार शाहाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्जिव चापागाईले गरेका थिए।
देशभर १६१ वाटा शाखा रहेको उक्त बैङ्क ६० भन्दा बढी जिल्लामा रहेको बताइएको छ । नाफामुखी बैङ्कको रूपमा नरहेको यसको मुख्य उद्देश्य गरिबी निवारण भएको बताइएको छ ।


Comments