बाबुले बन्चरो प्रहार गर्दा छोरा ठाउँको ठाउँ





१ फागुन, दमक।
दक्षिणी इलामको बाँझोमा बाबुले बञ्चरो प्रहार गर्दा छोराको घटनास्थलमै ज्यान गएको छ।
बाँझो २ का ५० बर्षिय धिरेन भन्ने धन बहादुर राईले २१ बर्षिय छोरा प्रदिपलाई बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति साढे १ बजेतिर भएको सो घटनापछि खटिएको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने बाबु धनबहादुरलाई नियन्त्रणमा लिएको छ ।
घटनासम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरी चौकी बाँझोले जनाएको छ।


Comments