काठ तस्करी बढ्यो

-->



डिकेश लामा,
१० फागुन, बेलडाँगी।
झापा दमकको बेलडाँगीस्थित हम्सेदुम्से सामुदायिक वनबाट काठको चोरी तस्करी हुने क्रम बढेको पाइएको छ।
सशस्त्र प्रहरी सुरक्षा वेशको गस्ती टोलीले एक साताको अवधिमा ८२ क्यु्.फिट काठ बरामद गरेपछि सो वनबाट तस्करी हुने क्रम बढेको पाइएको हो ।
शनिबार राति सशस्त्र प्रहरी वलको गस्ती टोलीले भूटानी शरणार्थी शिविर वेलडाँगी २ को उत्तर खेल मैदान छेऊबाट ७ क्यू.फिट काठ सहितको २ थान साइकल बरामद गरेको छ ।
त्यस्तै तीन दिनअघि सो वनबाट अवैध रूपमा चोरी निकासी गर्दै गरेको अवस्थामा सशस्त्रले ३५ क्यू.फिट सतीसालको काठ बरामद गरी सामुदायिक बनलाई बुझाइएको थियो ।

-->

त्यसअघि सशस्त्र प्रहरीको गस्ती टोलीले ३५ क्यू.फिट नै साखुको चिरानी काठ बरामद गरी इलाका बन कार्यालय चुलाचुलीलाई बुझाएको थियो ।
शनिबार राति बरामद गरिएको काठ र साइकल आइतबार विहान वन रक्षक जलेश्वर यादवको उपस्थितिमा बनलाई बुझाइएको सशस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगी २ का प्रमुख, सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेले जानकारी दिए ।

-->



har

Comments